६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

लागूऔषध मुद्दामा कांग्रेस नुवाकोटका नेता रामबहादुर तामाङ पक्राउ, तीन वर्षका लागि जेल चलान


२४ कात्तिक, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका एक नेता लागू औषध चरेस मुद्दामा पक्राउ परेका छन । लागूऔषधको मुद्दामा दोषी ठहर नै भएका तामाङ नेपाली कांग्रेसबाट चुनाव लडेर विजयी भएका जनप्रतिनिधि समेत हुन । म्यागाङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष समेत रहेका कांग्रेस नेता तामाङ जिल्ला अदालत काठमाडौँबाट धरौटीमा छुटेका थिए ।

लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट दोषी ठहर भएपछि तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार कांग्रेस नेता तामाङलाई जिल्ला अदालत काठमाण्डौले गत जेठ २७ गते अदालतले दोषी ठहर गरेको थियो ।

तामाङलाइ अदालतले ३ वर्ष कैदको सजाएँ सुनाएको छ भने २५ हजार जरिवाना गरेको छ । जिल्ला अदालत काठमाडौँमा मुद्दा परेपछि तामाङ अदालतमा ३० हजार धरौटी बुझाएर झुटेका थिए । त्यसपछि उनी कांग्रेसको राजनीतिमा सक्रिए भएका थिए । तामाङलाइ प्रहरीले आजै कारागार (जेल) चलान गर्ने तयारी गरेको छ । उनी पक्राउ परेसँगै वडाअध्यक्ष पद समेत समाप्त भएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार १५:२०