१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंकलाई


२४ कात्तिक, काठमाडौं । बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडले पाएको छ । दी बैंकर्स म्यागजिनले शनिवार लण्डनमा आयोजना गरेकाे कार्यक्रममा उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ । ९ वर्षअघि स्थापना भएको यो बैंककाे १० अर्ब ३८ करोड चुक्ता पुँजी रहेकाे छ । यो बैंकको वासलात १०२ अर्ब रूपैयाँ बराबरको भएकाे छ । यस बैंकमा सर्बसाधारणले करिव ७९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् ।


बैंकले सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियाे । हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् । ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएकाे बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार १०:४८