१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

२४ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले इबरमाथि ४-० को फराकिलो जित निकालेको हो ।

रियलको जितमा करिम बेन्जिमाले २ तथा कप्तान सर्जियो रामोस र भाल्भर्डेले १-१ गोल गरे । खेलको १७औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २९औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-० ले अघि बढाए ।

दोस्रो हाफमा थप १ गोल गर्ने क्रममा खेलको ६१औं मिनेटमा फेडरिको भाल्भर्डेले गोल गर्दै रियललाई ४-० को फराकिलो जित दिलाए ।

जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । दुवै टिमको २५ अंक भएको छ । तर, गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । इबर १५ अंकसहित तालिकाको १५औं स्थानमा छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार ०९:१७