१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

२३ कात्तिक, अत्तरिया । सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले मंसिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा वित्तीय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ । प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ०९:४२