१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान


२३ कात्तिक, काठमाडौं । ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको राजधानी दैनिकले खबर छापेको छ ।

अतिक्रमणकै कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जना थालेपछि काठमाडौँ उपत्यका निसासिने अवस्थामा पुगेको छ । संरक्षण अभियन्ताहरु टुँडिखेललाई प्राकृतिक फोक्सोका रुपमा लिन्छन् ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ०८:३१