१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सर्वपक्षीय बैठकमा सहभागी हुने निम्ताे बाेकेर उपप्रधानमन्त्री पाेखेरल भैरव रिसालकाे घरमा (फाेटाेफिचर)


२२ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पाेखरेल सरकारले आह्वमन गरेकाे सर्वपक्षीय बैठकमा सहभागी हुन वरिष्ठ पत्रकार भैरव रिसालकाे निवासमै पुगेर निमन्त्रणा दिएका छन । शुक्रबार साँझ उपप्रधानमन्त्री ईश्वर पाेखरेल लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रमा २०१८ सालमा जनगणना गराउनु भएका वरिष्ठ व्यक्तित्व रिसालकै निवासमा पसगेका थिए । उपप्रधानमन्त्री पाेखरेलले रिसाललाई शनिबार सरकारले बाेलाएकाे सर्वपक्षीय बैठकमा सहभागी हुन निमन्त्रणा दिए ।

९२ वर्षका रिसालकाे निजि निवास घट्टेकुलो पुगेका उपप्रधानमन्त्री पोखरेलले अन्तरङ्ग छलफल समेत गरेकाे भेटका सहभागी पाेखरेलका प्रेस संयाेजक लाेकेन्द्र केसीले जानकारी दिए । केसीका अनुसार पाेखरेलले रिसालकाे स्वास्थ स्थिति बुझ्दै अझ सक्रिय र दीर्घ जिवनको शुभकामना दिए । पाेखरेलले २०१८ सालको जनगणनाको तथ्य र अनुभव पनि सुने ।

तत्कालीन डडेल्धुरा जिल्लाअन्तर्गत रहेको हाल दार्चुलाको कालापानी क्षेत्रका सम्बन्धमा रिसालकाे विश्लेषण र एेतिहासिक सन्दर्भहरु देशकै लागि लाभदायी रहेको उल्लेख गर्दै पाेखरेलले विशेष प्रशंसासमेत गरे । रिसालले त्यतिबेला आफुले भारतमा नभएर नेपालमा नै जनगणना गराएको प्रष्ट पारेका थिए । भेटमा नेकपमा केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापा र पाेखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठ पनि सहभागी रहेका थिए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १९:४२