१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पूर्वमन्त्री तथा व्यापारी रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राख्न अदालतको आदेश


२२ कात्तिक, काठमाडौं । २ करोड ७० लाख रूपैयाँ ठगी गरेको आरोप लागेका पूर्व अर्थ सहायक मन्त्री एवं व्यापारी रूप ज्योति र उनकी छोरी सुरुचि ज्योतिलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले हाउजिङका नाममा ठगी गरेको आरोप लागेका रूप ज्योति र उनकी छोरी सुरुचिलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । रूप ज्योति बिहीवार र सुरुचि शुक्रवार पक्राउ परेका थिए ।

५ दिनको म्याद माग्दै प्रहरीले दुवै बाबुछोरीलाई अदालतमा पेश गरेको थियो । अनुसन्धानका लागि रूप ज्योतिलाई पक्राउ गर्न सर्वोच्च अदालतले सोमवार बाटो खोलिदिएको थियो । ठगी मुद्दामा निजलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूप ज्योतिकातर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १७:११