८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्स र यतीको जहाज ठोक्कियो


२२ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा जहाज ठोक्किएका छन् । विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई ठक्कर दिएकाे हाे ।

विराटनगरबाट काठमाडाैं आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले जानकारी दिए । जहाजमा सामान्य क्षति भएपनि अन्य सबै सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १५:१०