१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

घट्यो सुनचाँदीकै भाउ ! कति छ आजकाे मुल्य ?


२२ कात्तिक, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज भाउ निकै घटेको छ । आज (शुक्रबार) सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाल सुन ६९ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै तेजाबी सुन आज प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने ७० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा छापावाल र तेजाबी दुवै सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । यता चाँदी पनि प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

हिजो प्रतितोला ८ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज भने १५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १२:४५