६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

भारतीय दूतावास अगाडि बिद्यार्थीले जलाए भारतकाे नक्सा, नेपाली भूमि फिर्ता गर्न माग


२२ कात्तिक, काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा भारतीय दूतावास अगाडि बिद्यार्थीले भारतकाे नक्सा जलाएका छन् ।


शुक्रबार  काठमाडाैँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका हुन् । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार ११:३८