१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

घामड शेरे र जीवन काँडा कि फूल: कसले मार्ला बाजी ?


२२ कात्तिक काठमाडौं । घामड शेरे र जीवन काँडा कि फूलको भिडन्त रोचक हुने देखिएको छ । आज (शुक्रबार) बाट प्रदर्शनमा आएका यी दुई नेपाली फिल्मले कत्तिको व्यापार गर्लान् त्यो त समयले बताउने नै छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ विनोद विष्टले निर्माण तथा निर्देशन गरेका हुन् ।

घामड शेरेलाई भने हेमराज बीसीले निर्देशन गरेका हुन् । घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकन्द्र लेखक, सरोज अर्यालसहितका कलाकारको अभिनय देख्न सकिन्छ । सिमोस सुनुवार, हेमराज बीसी र नरेन्द्रविक्रम बुढाक्षत्रीले फिल्ममा लगानी गरेका छन् । फिल्ममा यो स्वस्तिमा र निश्चललाई साली र भिनाजुको भूमिकामा देख्न पाइनेछ ।

जीवन काँडा कि फूलमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यलाई देख्न सकिन्छ । फिल्ममा झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा छ । नृत्य निर्देशक कमल राई छन् ।

त्यस्तै झमकको बहिनीको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय देख्न पाइनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार ०९:३२