८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

२६ वर्षपछि काठमाडौंमा पुन: ग्यास अन्वेषण गरिँदै


२२ कात्तिक, काठमाडौं । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि काठमाडौंमा पुनः प्राकृतिक ग्यास अन्वेषण गर्ने भएको छ । विभागले टेकु दोभानमा प्राकृतिक ग्यास अन्वेषणको तयारी थालेको आजको राजधानी दैनिकले खबर लेखेको छ । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्यास छ ।

विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी छ । अन्वेषणका क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्यासको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ । विभागले यसअघि पनि मिथेन ग्यास अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्रभित्र भए पनि स्थान भने फरक हुनेछ । यसअघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरिसकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार ०७:५६