७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ज्ञानेन्द्र सरकारका अर्थमन्त्री डा रूपज्योति ठगी आरोपमा विमानस्थलबाटै पक्राउ


२१ कात्तिक, काठमाडौँ । शाही शासनको समयमा अर्थ सहायकमन्त्री बनेका चर्चित उद्योगपति डा रूपज्योति विममानस्थलबाटै पक्राउ परेका छन । उनी ठगीको आरोपमा पक्राउ परेका हुन । ज्योतिलाइ ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले रुपज्योति ठगीको आरोपमा पक्राउ गरेको जानकारी दिए ।

हाउजिङका नाममा विभिन्न व्यक्तिलसँग करोडौँ ठगी गरेको आरोप रूपज्योतिमाथि लागेको छ । जिल्ला अदालत काठमाडौंले केही अघि ठगी मुद्दामा पक्राउ गर्न आदेश दिएको थियो । प्रहरी स्रोतका अनुसार विदेशमा रहेका उनी स्वदेश फर्किन लागेको सूचनाका आधारमा विमानस्थलबाटै पक्राउ गरिएको हो।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार २२:२०