६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

बेलायतस्थित नेपाली दूतावासका सन्दर्भमा प्रकाशित समाचारप्रति माफी चाहन्छाैँ


२१ कात्तिक, काठमाडौँ । दैनिकीमा यही समाचारमा प्रकाशित यसअघिको समाचारप्रति हामी क्षमा चाहन्छौँ । एकदमै विश्वसनीय स्रोतबाट प्राप्त तस्बीर र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको बेलायत भ्रमणको सन्दर्भ मिल्न गएकोले हामीले सोही समाचार प्रकाशित गरेका हौँ । यसमा हाम्रो कुनै दुर्नियत नरहेको सम्पूर्ण पाठकमा जानकारी गराउँछौँ ।

मन्त्री भट्टराईले नै आफ्नो पुरानो फोटो प्रयोग भएको भन्ने जानकारी दिएका कारण यसअघि प्रकाशित समाचारमा हामी माफी चाहन्छौँ । हाम्रो समाचारका कारण पाठकवर्गमा पर्न गएको भ्रमप्रति दुःख प्रकट गर्दै आगामी दिनमा यस्ता कमजोरी हुन नदिने प्रतिवद्धता जाहेर गर्दछौँ । हामी जिम्मेवार, जवाफदेही  र उत्तरदायी पत्रकारिताका निम्ति सधैँ प्रतिवद्ध रहेका छाैँ ।

माधव तिवारी

सम्पादक

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार १८:२४