७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

उपमेयरले धोक्रामा फोहोर उठाएको तस्बीर देखेपछि वातावरण संवेदनशील नागरिकका १० सुझाव


नुवाकोटको बेलकोटगढी नगरपालिकाकी उपमेयर एवं नेपाल नगरपालिका संघकी उपाध्यक्ष कविता ढुंगानाले नगरपालिका क्षेत्रभित्र फोहर संकलन गरिरहेको भन्ने तस्बीर सामाजिक सञ्जालमा देखेपछि नुवाकोटकै तारकेश्वर गाउँपालिका स्थायी घर भएका प्रकाश आस्थाले वातावरणको संरणमा विशेष चासो प्रकट गर्दै उपमेयरको नाममा पत्र लेखेका छन । उनै प्रकाश आस्थाले लेखेको पत्र हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।-सम्पादक

आदरणीय उपप्रमुखज्यू,
बेलकोटगढी नगरपालिका।

युद्धमा आफ्नो बा गुमाएको तपाईं आफैंमा एक क्रान्तिकारी योद्धा र सुझबुझ भएको नेता हुनुहुन्छ। प्राज्ञिक रूपमा पनि तपाईंको योग्यता मननयोग्य छ। फेसबुकमा पेजमा यहाँले आफ्नो नगरपालिकाको खास कुनै क्षेत्रमा फोहर संकलन गरिरहेको तस्विर राखेपछि मलाई सगसग लाग्यो र मैले जानेबुझेसम्मका केही सुझाव दिन मन लाग्यो। कमसेकम तपाईंको नगरपालिकामा खासगरि वातावरणीय क्षेत्रमा अनुकरणीय कदम चालियोस् र त्यसका लागि गम्भीर पहल होस् भन्ने आह्वानका साथ म यो आग्रह गर्दैछु ।

१. प्लास्टिकजन्य फोहरका कारण संसारका खोलानाला प्रदुसित छन्। ठूला मैदान र शहर हुँदै बग्ने नदीहरू त प्रदुषित भईहाले, गाउँठाउँका खोल्छाखाल्छी प्रांगारिक ९अर्गानिक० पाखामा पनि विशाक्त प्लास्टिक छरिएका छन्। त्यसले पानी, जलचर र वन्यजन्तुको प्राकृतिक जीवन वर्वाद भएको छ। र, अन्ततस् त्यसले हरियापरिया र मलिला पाखारकुवा र पानीका मूलहरूलाई प्रदुसित पार्नेछ। अहिले नै प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा पहल नगर्ने हो भने भोलि त्यसले कस्तो अवस्था निम्तेला, कल्पना नि गर्न सकिन्न।

२. नाफा कमाउने होडमा पुँजिवादरउपभोक्तावादरबजारबादरसाम्राज्यवादले असिमितरअनावश्यक सामानहरू समेत सिर्जना गरेको छ। मान्छेको जीवनलाई सहज बनाउने नाममा त्यसले स्याम्पु, साबन, चक्लेट,गुट्खा र रक्सीका समेत अत्यन्त साना प्याकेट बनाएको छ। र, एकचोटी प्रयोग गरेर सडकरखोलामा सिधै फालिन्छन् त्यस्ता फोहर। गाडीमा हिँड्दा आलुचिप्सरचाउचाउरकुरमुरेरझुरझुरेका प्याकहरू सर्वसाधारणले प्रयोगपश्चात फ्याँकेको देख्नुभएकै होला। मोबाइलका चार्जरलगायत प्रविधिजन्य फोहर पनि सिधै माटो र पानीमा मिसिन आइपुगेको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाकी उपप्रमुख कविता ढुंगाना ।

३. यस्ता प्लास्टिकजन्य नकुहिने फोहरले पृथ्वीलाई बर्वाद बनाउँदैछ तर उपभोक्तावाद र दलाल नोकरशाहीरपुँजीपतिहरूको चंगुलमा फसेका राज्य संचालकहरू सिंगल युज प्लास्टिक रोक्ने विषयमा निर्णय गर्न सकिरहेका छैनन्।

४. यस्तोमा कमसेकम तपाईंको नगरपालिकाले जस्तोसुकै प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान चलाउन सक्छ। ल्याइएको प्लास्टिकजन्य हलुका फोहोरको नगरपालिकाले प्रतिकिलोका हिसाबले पैसा दिन पनि सकिन्छ। च्यातिएका बोरा, प्रयोगमा नआउने सबै खालका प्लास्टिक, चाउचाउ, गुट्खाका खोल, टुटेफुटेका प्लास्टिकका भाँडा, वन टाइम युज दारी काट्ने रेजर, फाटेका प्लास्टिकका नाम्ला, दाम्ला, चक्लेटरबिस्कुटका मसिनारठूला खोल, आदी सकलन गर्न सकिन्छ। संकलित प्लास्टिकहरू त रिसाइकल गर्ने कम्पनिलाई मासिकरअर्धवार्षिक रूपमा बेच्न पनि सकिन्छ। फोहोर व्यवस्थापनबारे यस क्षेत्रका जानकारहरूसँग अझ बढी जानकारी होला।

५. स्कुल पढ्ने विद्यार्थीहरूलाई विद्यालयबाटै सूचना दिएर यो काम गराउँदा झनै प्रभावकारी पो होला कि१ स्कुलमा वातावरण समूह बनाएर तिनलाई वडा र टोलहरूमा परिचालित गर्दा पो होला कि१ अनि वडा र टोलमा पनि प्राज्ञिक र समझदार व्यक्तिहरूको वातावरणीय समूह बनाउने कि१ स्कुले विद्यार्थी र त्यस्तो टोल समुहको समन्वयमा प्लास्टिकरफोहरविरोधी अभियान सफल बन्छ कि१ अझ प्रत्येक वर्ष कसको टोलवडा सफा भनेर घोषणा पो गर्ने कि१ वर्षैपिच्छे कक्षा परिवर्तन हुने हुनाले कक्षा ८र९ का विद्यार्थीलाई विद्यालयको वातावरीय समुहमुम पदेन यस्तो भूमिका पो दिने कि१ जेजसरी होस्, फोहर नगरपालिकामा आइपुगोस्।

प्रकाश आस्था

६. प्लास्टिक होस् या जुनसुकै फोहर, त्यसलाई सडक, घारी, नदीमा फ्यात्त फाल्न सहज हुन्छ। तर त्यसको व्यवस्थापन असहज हुन्छ तर कमरेड कविता, तपाईंले नाफाखोर पुँजिवादी व्यवस्थाले जन्माएको यो घिनलाग्दो फोहरको व्यवस्थापनमा जमेर कदम चाल्नुभयो भने हाम्रो क्षेत्रले तपाईंले सदा स्मरण गर्नेछ। शहिदपुत्रीले धर्तिप्रति निर्वाह गरेको असल कर्तव्यलाई पितृप्रतिको श्राद्धको रूपमा असल मान्छेहरूले सम्झनेछन्। तपाईंलाई ख्याल गराउँ, सिक्किमको एउटा ठूलो गाउँक्षेत्रमा पूर्ण रूपमा प्लास्टिक प्रतिवन्ध छ। गाउँ छिर्ने गाडीहरूले लुकाएर प्लास्टिक लगेकि भनेर स्थानीयहौले नै खोतल्छन्। उसो त सिक्किम आफैंमा अर्ग्यानिक राज्य हो।

७. डोकोमा अघिअघि फोहर उठाउँदै जाने, पछिपछि फोहर फ्याँक्दै जाने यो हाम्रो संस्कार बनेको छ। गुट्खा, पानमसला र चुरोटका ठूटा र चाउचाउका खोल पसल र गाडी गुड्ने सडक किनार परपर छिचोलिसाध्य छैन। हत्तपत्त नदेखिने यस्तै फोहरले माटो, पानी, जलजीवन र वन्यजीवन वर्वाद हुँदैछ। यसर्थ, बेलाबेला सचेनात्मक फोहरमैला संकलन कार्यक्रम चलाएपनि फोहरमैलाको जरोमै पुग्नुपर्छ भन्ने लाग्छ।

८. स्थानीय रूपमा यस्ता फोहर संकलनका काम छँदैछ, अर्कोतर्फ नगरपालिकाले प्लास्टिक उत्पादन गर्ने कम्पनि, स्याम्पु, उत्पादकरवितरक, खैनी उत्पादकरवितरककहाँ सिंगल युज सामान नबनाउनका लागि दवाब पनि दिन सकिन्छ। उद्योग वाणिज्य महासंघमार्फत दवाव दिएर हुन्छ या मिडियामार्फत यसको एड्भोकेसीरकाम गर्न सकिन्छ।

९. स्थानीय स्तरमा अचेल आरसिसि भवन बन्न थालेका छन् र आरसिसि चर्पी। कतिपयले चर्पीको निकासलाई खोलारनदीतिर सोझ्याएका पनि छन् रे। त्यस विषयलाई पनि सम्बोधन हुनेगरि पहल गर्नुपाए हुने।

१०. कविताजी, महिलाका लागि राजनीति फलाम चपाउनजत्तिकै असहज छ। अझ विवाहितालाई त झनै सकस। महिलाको पारिवारिक र प्रजनन दायित्व, आफन्त, औपचारिकताले समाज वदल्ने महान महत्वाकांक्षामा तुषारापात भएका उदाहरण नेपालमा मात्र होइन, विश्वभर छन्। तर, जतिसुकै कठिन भएपनि कमसेकम तपाईंको ९हाम्रो पनि० रसिलो(पोषिलो बेल्कोटगढी नगरपालिकालाई अर्गानिक गाउँपालिका बनाउने प्रण गर्नुहोला भन्ने अपेक्षा गर्दछु। उपाय देखाउन, सुझाव दिन सहज छ तर काम गर्न गार्‍हो। आशा छ, तपाईंले सम्भव भएसम्म आफ्नो नगरपालिकालाई प्लास्टिकमुक्त र प्रांगारिक बनाउन पहल गर्नुहुनेछ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाकी उपप्रमुख कविता ढुंगाना ।

नोटस् एउटा झन्झावाटर युद्धबाट गुज्रिएको परिवारको सदस्य भएकाले र त्यस्ता व्यक्तिहरूले परिवर्तनररूपान्तरणका विषयलाई गम्भीरताका साथ लिन्छन् भन्ने आशयका साथ सुझाव पेश गरेको हुँ। वातावरणीय विषयमा बेल्कोटगढीले आफूलाई प्रयोगात्मकरअनुकरणीय रूपमा पेश गर्न सके भोलि तपाईंको नगरपालिकाबाट देशभरका गाउँपालिकारनगरपालिकाले फोहोररप्रदुषण व्यवस्थापनबारे राम्रोसँग सिक्न सक्लान् भन्ने अपेक्षा छ। अभिवादन

प्रकाश आस्था
वातावरण संवेदनशील नागरिक

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार ०९:३५