१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इलामबाट कम्युनिष्ट सक्ने उद्घोष गरेका गोविन्द केसीले देउवाको गृह जिल्लामा के गर्लान ?


१८ कात्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट अवकाश पाएका चिकित्सक प्रा डा गोविन्द केसी १७ औं चरणको अनशन बस्न  कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा पुगेका छन । अघिल्लो पटक जनसमर्थन कमजोर बनेपछि  कांग्रेस सभापति देउवा र नेता गगन थापाको अनुरोधमा अनशन तोडेका केसी यसपटक देउवाकै गृहजिल्लामा पुगेका हुन ।

विगतमा त्रिवि शिक्षण अस्पतालमा अनशन बसेर उपचार सेवा प्रभावित बनाउँदै आएका केसी यसपटक डडेलधुरा पुगेका हुन । सुदुरपूर्वको इलाम पुर्याउँदै कम्युनिस्ट सिध्याउने केसीले यसपटक भने त्यस्तो खासै केही उद्घोष गरेका छैनन् । केसीले डडेलधुराको निर्मल क्लिनिक भएको घरबाट अनशन सुरु गर्न लागेका छन ।

सरकारलाई यसअघि नै अनशन बस्ने भनेर चेतावनी दिएका केसीले डडेलधुरा अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण समेत गराएका छन । सुरूमा चिकित्सा शिक्षाको माग अघिसार्दा सबैको समर्थन पाएका केसीले यस अघिदेखि त्यो सबै गुमाएका छन । उनीमाथि युरोपियन युनियन र कांग्रेसको एजेण्डा बोकेको आरोप छ । उनी नेपाल विद्यार्थीका संघका पूर्व केन्द्रीय सदस्य हुन । नेविसंघ कांग्रेसको भ्रातृ संस्था हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १६:५२