१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा मुद्धा दर्ता


१८ कात्तिक, रौतहट । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । आलमविरुद्ध सरकारी वकिल कार्यालयले विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै मुद्धा दर्ता गरेको हो ।


आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, शेख भदई, मोहम्मद मोविन आलम, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहविरुद्ध सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १५:३४