७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदेश प्रमुखको नयाँ नियुक्ति हुँदै, नेकपाले सरकारलाई दियो सात जनाको नाम


१८ कात्तिक, काठमाडौँ । सरकारले प्रदेश प्रमुखको नयाँ नियुक्ति आजै गर्ने तयारी गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आइतवारदेखि रिक्त सातै प्रदेश प्रमुखको लागि सात जनाको नाम सरकारलाइ दिएको छ । बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखमा नियुक्तिका सरकारलाइ सहज होस भनेर सरकारलाई सात जनाको नाम दिने निर्णय गरेको हो । बैठकले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौँकी शर्मिला त्रिपाठीको नाम प्रदेश प्रमुखमा नियुक्तिका लागि दिने निर्णय गरेको छ ।

तस्बीरमा चितवनका अमिक शेरचन, बाँकेका तिलकबहादुर परियार र कास्कीका सोमनाथ अधिकारी प्यासी ।

अब केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका लागि प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाइ सिफारिस गर्ने निर्णय गर्नेछ । सात जना मध्ये कुन प्रदेशमा कसलाई पठाउने भन्‍ने टुंगो पनि सरकारले लगाउने छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १४:०३