७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

शुल्क आतंक बन्द गराउन विद्यार्थी संगठनद्वारा देशभरीका स्थानीय सरकारको ध्यानाकर्षण


१४ वैशाख, काठमाडौँ । प्रमुख विद्यर्थी संगठनहरुले निजी विद्यालयको शुल्क आतंक बन्द गराउन सबै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले संयुक्त रुपमा निजी विद्यालयको दादागिरी अन्त्यको माग गर्दै स्थानीय सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएका हुन ।

शुल्क आतंक बन्द गराउन, अटेरी गर्नेहरुलाई कारबाही गर्न र सार्बजनिक शिक्षाको गुणस्तरीयता र विश्वस्नियता वृद्धि गर्न प्रभावकारी भुमिका निर्वाह गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिए । उनले केन्द्रीय नेतृत्वले भक्तपुर नगरपालिका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १४:१३