१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

श्रवण गोयल तीनै व्यक्ति हुन जसले देउवालाई घुस दिन चन्दलाई एक करोड दिएका थिए !


१९ असार, काठमाडौँ । महाराजगञ्जको भिआइपी जुवा खालको चर्चा अझै ताजै छ । ताजै पनि यस कारणकी विचौलिया लगाएर बन्दीप्रत्यक्षीकरणको रिट मार्फत प्रहरी हिरासतबाट मुक्त हुने उनीहरूको प्रयास समेत असफल भएको छ । प्राविधिक कारणले नै सही ती भिआइपी जुवा खालमा समातिएका बद्नाम व्यपारीहरूको तिहार भने प्रहरी हिरासतमै हुने भएको छ। जुवाखालबाट समातिएका २५ जना मध्ये ६ जनाले सर्वोच्चको बाटोबाट हिरासत मुक्त हुन रिट हालेका थिए तर सर्वोच्चले समय अभाव भन्दै उनीहरूको बारेमा सुनुवाइ नै गरेन ।

त्यही ६ जनाभित्र रहेका श्रवण गोयलको हामीले यहाँ चर्चा गर्दैछौँ । गोयल त्यस्ता पात्र हुन जसले तत्काली प्रधानमन्त्री शेरबहादुर देउवालाइ घुस खुवाउन भन्दै तत्कालीन प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाइ एक करोड चन्दा दिएका थिए । पछि चन्द प्रहरी प्रमुख बन्न नसकेपछि उक्त घुस फिर्ता मागेर गोयल चर्चामा आएका थिए । चन्दलाइ बिधि मिचिरेर देउवाले प्रहरी प्रमुखमा नियुक्त पनि गरेका थिए तर उनले फुली पनि लाउन नपाइ सर्वोच्चले पद खुस्काइदिएको थियो ।

त्यही समयबाट नेपाल प्रहरीको महानिरीक्षक बन्न करोडौँ रुपैयाँ लगानी हुन्छ भन्ने भनाइहरुलाई पुष्टि गरेको भन्दै वरिष्ठ प्रहरी अधिकारीहरूले चर्चा गर्ने गरेका थिए । नेपाल प्रहरीलाई इतिहासकै बद्नाम गराउने आइजी नियुक्ति प्रकरणमा एउटै व्यापारीले एक करोड लगानी गरेको चर्चा अाज पनि हुने गरेको छ । चन्दलाई व्यापारी श्रवण गोयलले आफूसँग लिएको एक करोड फिर्ता गर्न अल्टिमेटम दिएपछि यस्तो विषय बाहिर सार्वजनिक भएको थियो ।

यो पनि पढ्नुहोस्

-आइजी बनाउन एकै व्यपारीको एक करोड लगानी, फुली लगाउनै नपाई पदच्युत भएपछि पैसा फिर्ता

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलवार ०५:३०