१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कुकुर तिहारका रोचक तस्बीरहरू


१० कात्तिक, काठमाडाैँ । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको भन्ने विश्वास छ । कुकुर तिहारको दिन सामाजिक सञ्जलमा देखिएका केही रोचक तस्बीरहरू हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आईतवार १३:३३