११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रवासी नेपाली मञ्च बेलायतद्धारा एमाले–माओवादी एकता सहमतिको स्वागत


लण्डन । नेकपा एमाले र नेकपा एमाओबादी बीच फागुन ७ को राति एकताका लागि भएको सात बुँदे सहमतिप्रति प्रवासी नेपाली मञ्च बेलायतले खुशी प्रकट गरेको छ । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले विज्ञप्ति मार्फत एकताको आधारमा दुबै पार्टीका शीर्ष नेताको बीचमा भएको सहमतिको स्वागत गरेका छन ।

विज्ञप्तिमा भनिएको छ ‘नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टीकाबीच भएको यस ऐतिहासिक घोषणाले २०१८ सालदेखि छिन्न भिन्न भएका कम्युनिष्ट आन्दोलनलाई एकजुट गरी नेपालको बिकास र समृद्धिको नेतृत्व बामपन्थीहरूलाई सुम्पेको मात्र नभई शान्तिपूर्ण रूपमा कम्युनिष्टहरूले निर्वाचन मार्फत जनवादीक्रान्ति सम्पन्न गर्न सक्छन भनेर बिश्व कम्युनिष्ट आन्दोलनलाई एक अनुभव समेत प्रदान गरेको छ ।’ मञ्चले पार्टी एकताको अबसरमा समाजबादको सुगम यात्राको लागी संपूर्ण बामपन्थी, प्रगतिशील तथा देशभक्त शक्तीहरूलाई हार्दिक बधाइ र शुभकामना समेत दिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार ०६:५६