८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रविन्द्र अधिकारीको उत्तराधिकारी बन्दै विद्या भट्टराईको राजनीतिमा पुनरागमन


८ कात्तिक, कास्की । स्वर्गीय रविन्द्र अधिकारीको उत्तराधिकारी बन्दै पत्नी विद्या भट्टराईको राजनीतिमा पुनरागमन हुने भएको छ ।  कास्कीको क्षेत्र नम्बर २ मा मंसिर १४ गतेका लागि तय भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीले स्वर्गीय अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ । यो उनको राजनीतिमा पुनरागमन हो ।

शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो नेकपा केन्द्रीय कार्यालयले कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा आकांक्षी उम्मेद्वारहरुको नामावली पठाउन जिल्ला पार्टी कमिटीलाई पत्राचार गरेको थियो । पार्टीको जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मद उम्मेद्वारको रुपमा भट््टराईलाई सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

गत फागुन १५ गते पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो । उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपचुनाव हुँदैछ । पार्टीले जित्नै पर्ने दबाब रहेकाले चर्चित नेता अधिकारीकी श्रीमतीलाई नै उम्मेद्वार बनाउन सिफारिस गरिएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार २१:२१