८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

परिवर्तनकारी योजना बनाउन प्रधानमन्त्रीको निर्देशन


१३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना अायोगका अध्यक्ष केपी शर्मा अोलीले आयोगका उपाधक्ष्य तथा सदस्यहरुलाई परिवर्तनकारी योजना बनाउन निर्देशन दिनुभएको छ । “अब साबिकका योजनाको निरन्तरता मात्र होइन नयाँ र परिवर्तनकारी योजना बनाउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले आयोगका उपाधक्ष्य र सदस्यहरुले गहन परिस्थितीमा गहन अभिभारा पाएकोले यसलाई गहन ढंगले नै निर्वाह् गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले जनताले अनुभुत गर्ने गरी योजना बनाउन,त्यसको कार्यन्वयन बिधी तयार गर्न पनि आयोगलाई निर्देशन दिनु भएको छ । जनतालाई आशावादी बनाउने योजना बनाएर परिर्वतनको अनुभुती सबैलाई दिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “सरकारले विकाशका विभिन्न भिजन बनाएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यी भिजनलाई योजनामा बदल्नुप¥यो । ”

प्रधानमन्त्री ओलीले कर्णालीको विकाशमा विशेष ध्यान दिन आयोगका सदस्यलाई निर्देशन दिनुभएको छ । “कर्णालीमा १० डांडा घुम्दा मात्र एउटा गाउँमा हुने घरहरु भेटिन्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण त्यहाँको बस्ती विकाशमा नयाँ ढाँचा प्रयोग गर्नुपर्दछ । ” प्रधानमन्त्री ओलीले कर्णालीमा यस बर्ष देखि जनता आवास कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १८:१७