१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भ्रष्टाचारमा संलग्न वकिलहरू चन्द्रप्रसाद खनालदेखि हरि न्याैपानेसम्मको लाइसेन्स निलम्बन (सूचीसहित)


६ कात्तिक, काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्ले भ्रष्टाचारमा मुछिएका कानुन व्यवसायीको प्रमाणपत्र (लाइसेन्स) निलम्बन गरेको छ । यसरी भ्रष्टाचारको मुद्दा लागेर लाइसेन्स निलम्बन हुनेमा ८ कानुन व्यवसायी रहेका छन । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएका वकिलहरूको सूची अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पठाएपछि सोही सूचीको आधारमा परिषद्ले निलम्बनको सूचना निकालेको हो ।

कानुन व्यवसायी आचारसंहिता २०५१ को नियम ६ क बमोजिम भ्रष्टाचारमा संलग्न कानुन व्यवसायीको सूची सार्वजनिक भएको हो । सूचीमा सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम शर्मा रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, चन्द्रप्रसाद खनाल रहेका छन ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार २२:१४