१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कडेँलले लिए सपथ


१३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरबारमा आज आयोजित कार्यक्रममा धादिङ घर भएका प्रा.डा. कडेललाई २०७५ बैशाख ११ गतेको मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा नियुक्त गरेको थियो ।


यसैगरी प्रधानमन्त्रीको उपस्थितीमा उपाधक्ष्य प्रा.डा. कडेलले योजना आयोगका ६ जना सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । पद तथा गोपनीयताको सपथ लिने सदस्यहरुमा डा.कृष्ण ओली काठमाडौं,डा.उषा झा महोत्तरी,डा.दिलबहादुर गुरुङ लम्जुङ,इ.शुसील भट्ट ललितपुर,मीनबहादुर शाही कालिकोट र डा. रामकुमार फुंयाल सिन्धुली हुनुहुन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १८:१५