७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काम लगाएर तलब दिने बेलामा मजदुरलाई कुटेर लखेट्ने नेपाली कांग्रेसका नेता विष्ट पक्राउ


६ कात्तिक, पाल्पा । प्रहरीले नेपाली कांग्रेसका एक नेतालाई पक्राउ गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ६ मा काम लगाएर तलब दिने बेलामा मजदुरलाई कुटेर लखेटेपछि कांग्रेस नेता चुन्नबहादुर विष्ट पक्राउ परेका हुन । उनी तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य समेत हुन । विष्टले गएको आइतबार स्थानीय मनबिर नेपालीलाई जातीय गालीगलौच गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो पक्राउ परेका विष्टमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत पाल्पाबाट ८ दिनको म्याद थप भएको छ । ५१ वर्षीय नेपालीले वडा सदस्य विष्टको गोठमा गारो लगाउने काम गरेबापतको पारिश्रमिक माग्न जाँदा उल्टै कुटपिट गरेर लखेटेका थिए । प्रहरीले विष्टमाथि जातीय छुवाछुत तथा भेदभावअन्तर्गत मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार २०:४१