१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अब नेपालगन्जमा पनि महिन्द्रा गाडीको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष


६ कात्तिक, नेपालगन्ज । अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सका आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरले महिन्द्रा गाडिहरुको लागि हालै स्पेयर पार्टसहरु तथा लुब्रिकेन्छस् बिक्री गर्ने उद्देश्यसहित नेपालगन्जको गनापुरमा यही कात्तिक ६ गते आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ ।


स्पेयर पार्टस्, एक्सोसरिज एवं लुब्रिकेन्टहरु बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालका साथै बालाजु अटो वर्क्सका प्रतिनिधिहरु द्वारा संयुक्त रूपमा गरिएको थियो ।

नेपालगन्जमा स्थापना गरिएको गनापुर अटो वर्क्स सर्भिस सेन्टरका विक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने छ । साथै आगामी दिनहरुमा कम्पनी एवं ग्राहकबीचको सम्बन्धलाई अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार १९:३१