१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

२० वर्षअघि युवतीको बलात्कारपछि हत्या गर्ने युवकलाई अमेरिकाबाट नेपाल ल्याइयो


६ कात्तिक, काठमाडौँ । २० वर्षअघिका बलात्कारी र हत्यारालाई अमेरिकाबाट नेपाल ल्याइएकाे छ । बुधबार बिहान टर्की एयरको विमानबाट काठमाडौँ विमानस्थलमा ओर्लनासाथ नेपाल प्रहरीको एक टोली एक युवकलाई नियन्त्रणमा लियो । झापामा आजभन्दा २० वर्ष पहिले एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा ती युवकलाई अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको हो ।


अमेरिकामा बस्दै आएका झापा चन्द्रगढी-३ का ४२ वर्षीय लीलाराज गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो । नेपाल प्रहरीले गरेको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार १३:३५