१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अनेरास्ववियु पर्वतका पूर्व अध्यक्ष एवं नेकपाका नेता ढाकाराम सुवेदीको अल्पायुमै निधन


६ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जना नेता ढाकाराम सुवेदीको अल्पायुमै निधन भएको छ । नेकपा पर्वतको कुश्मा नगरकमिटीको सचिव समेत रहेका सुवेदी अनेरास्ववियु पर्वतका पूर्व अध्यक्ष समेत हुन । काठमाडाैँको गुरु दिर्घायु अस्पतालमा टाउकोको शल्यक्रिया गरिएका सुवेदीको गएराति उपचारकै क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन । इमान्दार छवीका सुवेदी कार्यकर्ताका बीचमा लोकप्रिय रहेका थिए नेताहरूको प्रिय थिए । सुवेदीको अाजै अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०७:५५