७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बैतडीको दशरथ चन्द नगरपालिकामा कांग्रेस सरकारले जनतामाथि डोजर चलायो


५ कात्तिक, काठमाडौँ । बैतडी जिल्लाको दशरथ चन्द नगरपालिकामा कांग्रेस सरकारले जनतामाथि डोजर चलाएको छ । जिल्लामा सडक निर्माणको क्रममा उत्पन्न विवाद साम्य पार्न सर्वसधारणमाथि डोजर चलाउँदा सात जना घाइते भएका छन् । नेपालमा पहिलो पटक यसरी जनतामाथि डोजर चलेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन भने सामाजिक सञ्जलमा जनतामाथि डोजर चलाइएको भन्दै कडा आलोचना भैरहेको छ ।

बैतडीको दशरथ चन्द नगरपालिका कांग्रेस नेता नरेन्द्रसिंह थापा नेतृत्वको स्थायनी सरकार रहेको छ । सोही सरकारको आदेशमा बाटो खन्ने नाममा जनतामाथि डोजर चलाइएको स्थानीयले बताएका छन । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा विवादभएपछि डोजरले सर्वसाधारणमाथी आक्रमण गरिको छ । आक्रमणमा सात जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको छ । यद्पी डोजर चालकले कसको आदेशमा जनतामाथि डोजर आक्रमण गरे भन्ने खुल्न बाँकी रहेको छ । डोजरले खन्न खोजेको जग्गा गुठीको भएको र अंशवण्डाको विवादपनि रहेको बुझिएको छ। दुइ पक्षको झगडामा डोजर चलेको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार २२:१७