८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यौन दूर्व्यवहारको आरोप लागेका नेकपाका अर्का नेता देवेन्द्र पौडेल महराको बचाउमा


५ कात्तिक, काठमाडाैँ । याैन दूर्व्यवहारको प्रकरणमा सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महरा यतिखेर हिरासतमा रहेका छन  । तर उनले गरेको कुकर्मको पक्ष र विपक्षमा व्यक्तिहरू बाँडिएर बहस गरिरहेका छन । यही बीचमा यौन दूर्व्यवहारको आरोप लागेका नेकपाका अर्का नेता देवेन्द्र पौडेल पनि महराको बचाउमा खुलेर लागेका छन । उनले मंगलबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा महराको जमेर बचाउको कोशिश गरे ।

पौडेलले निवर्तमान सभामुख महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने दलिल समेत पेश गरेका छन । नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख गर्दै त्यसको अनुसन्धान भईरहेकै बेला सभामुख पदको निर्वाचन गराउन नमिल्ने तर्क गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार २०:४०