१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

तनहुँको भानु नगरपालिकामा बस दुर्घटना, एक जनाकाे मृत्यु


५ कात्तिक, दमौली । डुम्रे–बेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१० नेपालडाँडामा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–६ बस्ने १९ वर्षीय अनिल सार्की रहेका छन् ।

डुम्रेबाट पाउँदीतर्फ जाँदै गरेको ना३ख ९७६८ नं को बस सडकबाट तल खस्दा घाइते भएका सार्कीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक जीतेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उक्त बसमा चालकसहित तीन जना सवार रहेका थिए । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइतेको लक्ष्मी अस्पतालमा नै उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार १८:५७