७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

५ कात्तिक, काठमाडौँ । गायक दुर्गेश थापा पक्राउ परेका छन् । थापालाई अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हाे । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

तिहारलाई लक्षित गरेर दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडाैँमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो । उक्त गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ जसले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै सामाजिक सञ्जालमा गायक थापाको चर्काे आलाेचनासमेत भइरहेकाे छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार १३:०३