८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पूर्वगृहराज्यमन्त्री समेत रहेका कांग्रेस सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलासा


५ कात्तिक, काठमाडाैँ । पूर्वगृहराज्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलासा भएको छ । पुष्प ढुंगानाले सोमबारको नयाँ पत्रिकामा समाचार मार्फत यो खुलासा गरेका छन । कडेँल अाफैँले भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी भन्ने प्रमाण संकलन गर त्यहीको एउटा कलेजको व्यवस्थापन समितिमा अध्यक्ष समेत बनेका छन । कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएपछि उनको दोहोरो नागरिकता लगायतको विषयमा छानविनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो ।

आयोगले सोही उजुरीको अाधारमा नेपाल प्रहरीको सिआइबीलाइ कडेँलको सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिएको थियो । अायोगले सोही उजुरीको छानविनका क्रममा कडेँलका सम्बन्धमा विभिन्न तथ्यहरू बाहिर सार्वजनिक भएका छन । कडेँलले अाफू भारतीय नागरिक रहेको प्रमाण तयार पारी महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा चुनाव लडेका हुन । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटिएको छ । यसबाट यनीसँग दोहोरो नागरिकता रहेको प्रष्ट भएको छ ।

(यससम्बन्धी पूरा र विस्तृत समाचार अाजको नयाँ पत्रिका दैनिकमा पढ्न सक्नुहुन्छ भने नयाँ पत्रिकाको अनलाइन संस्करणको यो लिंकमा गएर पनि पढ्न सक्नुहुन्छ ।-सम्पादक)

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार ०८:५६