७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने


४ कात्तिक, काठमाडाैँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दिने गरी प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

उक्त प्रस्ताव बैंकको वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । बैंकको कूल चुक्ता पूँजी रु आठ अर्ब एक करोड छ । बैंकले आव २०७५/७६ मा कूल रु एक अर्ब ८० करोड वितरणयोग्य मुनाफा गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार २०:०५