४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

४२ महिनाभित्र निर्माण सक्नेगरी प्रधानमन्त्री ओलीद्धारा नागढुंगा–सिस्नेखोला सुरुङमार्गकाे शिलान्यास


४ कात्तिक, काठमाडौँ । ४ वर्षमा निर्माण सक्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–सिस्नेखोला सुरुङमार्गकाे शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडाैँ भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गरेका हुन् । चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्री ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् ।

सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ५० करोड २ लाख १३ हजारमा जापानी कम्पनीसँग सम्झौता भइसकेको छ । २.६८८ किलोमिटर लामो हुने सो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ । उद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सुरुङमार्फत निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सहुलियत ऋण उपलब्ध गराउने जनाइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार १६:१५