१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि आङ सान सूची नेपाल आउने, भ्रमणको तयारी सुरूः मन्त्री ज्ञवाली


४ कात्तिक, काठमाडाैँ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन हुने गरी सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको भ्रमण गराउने तयारी सुरू गरेको छ । राष्ट्रपतिसँगै भ्रमणमा सहभागी भएर अाइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सुको भ्रमणको तयारी नै सुरू भैसकेको जानकारी दिए । राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेकी थिइन ।

ज्ञवालीले म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्षव्यक्त गरेकाले सरकारले त्यस भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको बताए । उनले भने ‘म्यानमारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ । हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौँ ।’ राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदानसम्बन्धी महत्वपूर्ण सम्झौंता समेत भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार १५:२५