७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मोटरसाइकलले गस्तीमा रहेका सुरक्षाकर्मीलाई ठक्कर दियाे, ३ जना घाइते


४ कात्तिक, नवलपरासी । मोटरसाइकलले गस्तीमा रहेका सुरक्षाकर्मीलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । बर्दघाटस्थित सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका ७ मा गत राति गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा २ जना सशस्त्र प्रहरी र मोटरसाइकल चालक छन् । दुर्घटनामा परी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी घाइते भएका हुन् ।

 

मोटरसाइकल चालकको भने परिचय खुल्न बाँकी रहेको प्रहरी जनाएकाे छ । घाइते तीनै जनालाई उपचारको लागि चितवनस्थित कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएको स्थानीय प्रहरीले जनाएको छ । गएराति १२ बजे गस्तीमा खटिएका सुरक्षाकर्मीलाई ठक्कर दिएर ग७प ५२९९ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ११:५१