१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ओली सरकारले रेडियो नेपालको सञ्चालकमा नियुक्त गरेका दीपक पाठक कालोसूचीमा


३ कार्तिक , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)को सञ्चालक सदस्यमा नियुक्त गरेका झापाका दीपक पाठक कालोसूचीमा रहेको खुलासा भएको छ । पाठक २०७० साल असोज १६ गते नै कर्जा सूचना केन्द्रको कालोसूचीमा लिपिवद्ध रहेको खुलासा भएको हो ।

पाठक कर्जा सूचना केन्द्रको कालोसूचीमा ५०८५ नम्बरमा रहेका छन । उनले मार्गदर्शन ट्राभल एण्ड टुर्स प्रालिको नाममा लिएको ऋण नतिरेका हुन । पाठकले १४ वर्ष अघि ग्लोबल आइएमइ बैंकबाट गाडी किन्न ऋण लिएका थिए । तर उनले उक्त ऋणको एक किस्तामात्र तिरेर बाँकी नतिरेको ग्लोबल आइएमइ बैंक स्रोतले जनाएको छ । पाठकले चढेको गाडी समेत हाल बैंकको केन्द्रीय कार्यालयमा रहेको छ ।

प्रचलित कानुन अनुसार कालो सूचीमा रहेका व्यक्तिलाइ राजनीतिक नियुक्ति दिन मिल्दैन । यता पाठक भने प्रेस काउन्सिल विघटन भएर बन्ने मिडिया काउन्सिलकै अध्यक्ष बन्ने तयारीमा रहेका छन । प्रधानमन्त्रीको गृह जिल्लाका पाठक अघिल्लो पटक प्रेस काउन्सिलको सदस्यामा नियुक्त भएका थिए तर उनको नियुक्ति अदालतले रोकिदिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १७:०९