सभामुख चयनको सम्भावना तत्काल छैन : प्रमुख सचेतक गुरुङ
३ कात्तिक, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सभामुख चयनको सम्भावना तत्काल नरहेकाे बताएका न् । प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टीकाटिप्पणी गर्न नमिल्ने बताए ।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने पनि बताए । प्रमुख सचेतक गुरुङले सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने बताए ।
प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १६:१०