७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एक एनआरएन बराबर एक पर्यटक भित्र्याउन एनआरएनएले सघाउने, समझदारी पत्रमा हस्ताक्षर


३ कात्तिक, काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले एक एनआरएन बराबर एक पर्यटक भित्र्याउने सहमतिमा हस्ताक्षर गरेका छन । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य र पन्तले समझदारी पत्रमा हस्ताक्षर गरेका छन । समझदारीमा एक एनआरएन बराबर एक पर्यटक भित्र्याउन सहयोग गर्ने, सम्बन्धित देशमा एनआरएनएले भ्रमण वर्ष सफल बनाउन प्रचार हुने किसिमको कार्यक्रम गर्नेलगायतका विषय उल्लेख छन्।

सोही कार्रयक्रममा बोल्दै वैद्यले भ्रमण वर्ष सफल पार्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउन लागेको र संसारभर छरिएर रहेका गैरआवासीय नेपालीले सक्रियता देखाए भ्रमण वर्ष सफल हुने बताए । कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले भ्रमण वर्ष सफल बनाउन सकेको सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १०:५८