२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

‘साँस्कृतिक विविधताको सम्मान’ भन्ने नाराका साथ मनाइयाे बायो इथिक्स दिवस


२ कात्तिक, काठमाडाैँ । ‘साँस्कृतिक विविधताको सम्मान’ भन्ने नाराका साथ विश्व बायोइथिक्स दिवस मनाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकूलपति एवम् शिक्षाध्यक्ष प्रा.डा गुरुप्रसाद खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा इथिक्स र परस्परको सम्मान गर्नेबारे विद्यार्थीकालदेखि नै सचेत हुन यस खालका कदमहरु आवश्यक हुने कुरा औंल्याउनुभयो । बायोइथिक्स विज्ञ प्रा.डा रमेशप्रसाद आचार्यले कार्यक्रममा बायोइथिक्स र यस वर्षको अवधारणाबारे जानकारी दिनुभयो ।

प्रा.डा धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक कार्यक्रममा बक्ताहरु डा. अशोक ऐर, डा. सरुण कोइराला, खेमचन्द्र सुवेदी, विद्यार्थी संकायका डा. सुमित शर्मा लगायतले वोल्नुभयो । कार्यक्रममा वायो इथिक्स नेपाल एकाईका प्रमुख तथा कार्यक्रमका संयोजक प्रा.डा धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन र मननकाे यस्ता अवसर र कार्यक्रम नियमित र बिस्तारित हुँदै जाने शुभेच्छा राख्नुभयो ।

विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४मा संलग्न भएको हो । सो अवसरमा आयोजित फोटो प्रतियोगितामा स्नेहिल अग्रवाल, फिल्ममा प्रशन्न सुवेदीको समुह, आर्ट पोस्टरमा विवेक कट्टेल, टी–सर्ट डिजाइनमा शालु पराजुली, रंगोलीमा अक्षता श्रेष्ठ, अमृता मण्डल र रेनु शाहको समूह तथा निवन्धमा सदिच्छा खड्का उत्कृष्ट भएका छन । नेपालका उत्कृष्टहरुमध्येबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्नेहिल अग्रवालको फोटो तेश्रो भएकोछ । यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत् अन्य मेडिकल कलेजहरुबाट पनि सहभागिता रहेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार १८:३०

UniversityCollege.com