१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

सिस्नेखोला-नागढुंगा सुरुङमार्गको शिलान्यास सोमबार, यसरी हुँदैछ तयारी (फोटोफिचर)


२ कात्तिक, काठमाडाैँ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री कपी शर्मा अोलीले सोमबार (कार्तिक ४ गते) गर्ने भएका छन । सुरुङमार्ग शिलान्यासको तयारी व्यापक भैरहेको काठमाडाैँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठले बताएका छन । उनले तयारीको केही तस्बीरहरू पोस्ट गर्दै शिलान्या सोमबार दिउँसो ३ बजे हुने बताएका छन । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीसँग ठेक्का सम्झौता गरिसकेको छ ।

काम थालेको साँढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको लागत १५ अर्ब २५ करोड लाग्ने अनुमान गरिएको छ ।करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का सम्झाैता भैसकेको छ । सडक विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबिसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै घन्टाैँ जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने छ । तस्बीरहरूः कृष्णगोपाल श्रेष्ठ

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार ११:०१

UniversityCollege.com