१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नविता पौड्यालको “बरिलै” छोटो समयमै मिलियन क्लबमा


काठमाडाैँ । हाल अमेरिकामा रहेकी गायिका नविता पौड्यालले केहि दिन अघि सार्वजनिक गरेको म्युजिक भिडियो “बरिलै” छोटो समयमै मिलियन क्लबमा प्रवेश गरेको छ । भिडियोले दर्शक स्रोताबाट ५०० बढि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ भने मिडिया हाउस बाट पनि राम्रो साथ पाइरहेको छ । नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायनलाई श्रोताले रुचाएका छन् भने टिकटक बाट भाइरल भएका अमर र अमृतलाई समेत दर्शकले मन पराएका छन् ।

” बरिलै ” बोलको यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ । दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन । भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ भने जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार ०९:०९