२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

एनआरएनएकाे अध्यक्षमा कुमार पन्तसहित यी उम्मेद्वार भए बिजयी (सूचिसहित)


१ कात्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनामा अर्का प्रत्यासी कुल आचार्यलाई पराजीत गरी पन्त निर्वाचित भएका हुन् । पन्तले कुल १ हजार १८१ मत पाउनुभएको छ । उनका प्रतिस्पर्धी आचार्यलाई १११ मतान्तरले पराजित गरेका हुन् । निर्वाचनमा २ हजार ३४१ मत खसेको थियो ।

यसैगरी पाँच उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भएका छन् भने महासचिवमा पनि पन्त प्यानलकै डा हेमराज शर्मा विजयी भएका छन् । यस्तै सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् । कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार १२:४०

UniversityCollege.com