७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने, १ करोड ४६ लाख रूपैयाँ पारिश्रमिक पाउने


३० असोज, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अर्को एउटा देशबाहिरको प्रतियोगितामा महत्वपुर्ण अवसर पाएका छन । लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने गरी अनुबन्धित भएका छन । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका छन ।

बर्मिङ्घमले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ प्रतियाेगिताका लागि सन्दीपलाई १ लाख पाउण्ड अर्थात् १ करोड ४६ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ । याे सन्दीपकाे अहिलेसम्मकै उच्च पारिश्रमिक पनि हाे । सन्दीप बुधबार मात्र टी १० लिगका लागि कर्नाटका टसकसमा अनुबन्ध भएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार ०८:१४