११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

एनआरएन प्रतिनिधि आफैँ भन्छन ‘हामी भेडाबाख्रा होइनौँ’, चुनावी कार्यक्रम स्थगित (भिडियोसहित)


२९ असोज, काठमाडाैँ । गैर आवासिय नेपाली संघ (एनआरएन)को चुनाव भोलि बिहानसम्मका लागि स्थगित भएको छ । नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा निर्वाचन हुन लागेको थियो । नेपाली कांग्रेस र नेकपाका नेताहरू चुनावी स्थलमै गएर कार्यकर्ता उचाल्ने र उफार्ने गर्न थालेपछि भोलि बिहानसम्मका लागि निर्वाचन स्थगितको घोषणा भएको प्रतिनिध श्यम लुइटेलले बताएका छन ।

नवौं विश्व सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा बिहानैदेखि प्रतिनिधिहरू हुलहुज्जत गर्ने र तनाव सिर्जना गर्ने काममा लागेका छन । निर्धारित कार्यतालिका ३ बजेदेखि मतदान हुने भनिए पनि राति १० बजेसम्म मतदान सुरू नगरी निर्वाचन स्थगित गरिएको छ ।  विदेशदेखि आएका प्रतिनिधिहरुले चार चार दिन लगाएर बर्वाद पारेको भन्दै हामी भेडा बाख्रा होइनौं, अध्यक्षलाई भेट्न देऊ भन्दै नाराबाजी गरेका छन् ।

भिडियो तल हेर्नुहोस्

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार २२:१८