१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

विश्वकप छनोटको दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपाल जोर्डनसँग पराजित (भिडियोसहित)


२९ असोज, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपाल जोर्डनसँग ३-0 ले पराजित भएको छ । मंगलबार राति अम्मान अन्तर्राष्ट्रिय रंगशाला भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० गोलले स्तब्ध बन्यो । खेलको ५६औं मिनेटमा नेपालले गोल खायो । फिरास शालबयाले पेनाल्टीबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । खेलको ७८औं मिनेटमा अहमद इर्सानले गोल गरेपछि जोर्डन २-० गोलले अघि रहृयो । दुई गोल खाएसँगै निकै दबावमा आएको नेपालले खेलको ८८औं मिनेटमा अर्को गोल खान पुग्यो । बाहा फइसलले गोल गर्दै जोर्डनलाई ३-० गोलको जित दिलाए ।

यो हारसँगै नेपालले चार खेलबाट तीन खेलमा हार र एक खेलमा जित हात पार्दै तीन अंक बनाएर समूह ‘बी’ को चौथो स्थानमा छ । विजेता जोर्डनको भने तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरीसहित सात अंक भएको छ । भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार ०८:३५