७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सी भ्रमण सार्थक र अतुलनीयः सञ्चारमन्त्री बाँस्कोटा


२८ असोज, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल बनाउने महत्वपूर्ण व्यक्ति हुन । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मको सडकको सजावटदेखि आइल्याण्डको निर्माणसम्ममा प्रत्यक्ष भूमिका निर्वाह गरेर त्यहाँको कामको अनुगमन गरेर छोटो समयमै काम सम्पन्न गराएका मन्त्री बाँस्कोटाले मंगलबार काठमाडौँमा सञ्चार केन्द्रले आयोजना गरेको एक अन्तरसंवाद कार्यक्रममा सीको भ्रमणको बारेमा व्यक्त गरेको विचार हामीले यहाँ प्रस्तुत गरेका छौँ ।-सम्पादक

महामहिम चिनिया राष्ट्रपति सि चिनपिंगको नेपाल भ्रमणको विषयमा केन्द्रित हुन चाहान्छु । सबभन्दा पहिला म के निवेदन गर्न चाहान्छु भने हाम्रो निकट र छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमण तयारीका हिसाबले, सुरक्षा व्यवस्थापनले र त्यसबाट प्राप्त गरिएका उपलब्धिका हिसाबले असाधारण रुपमा सफल भएको हाम्रो विश्वास छ । यसको एउटा ऐतिहासिक पक्ष के रह्यो भने २३ वर्षदेखि चीनबाट यो तहको भ्रमण नेपालमा भएको थिएन ।

लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको, संघीयता कार्यान्वयनमा ल्याएको, सुदृढ र स्थिर राजनीतिक व्यवस्थाको हिसाबले पनि हाम्रो सम्वैधानिक व्यवस्था ५ वर्षका लागि मजबूत सरकार रहेको बेलामा महामहिम चिनियाँ राष्ट्रपति सी को नेपालमा भ्रमण भयो । यो भ्रमणको बहुआयामिक अर्थ रह्यो । अर्कोपनि महत्वपूर्ण कुरा के रह्यो भने यो भ्रमणलाई नेपालको संस्थापनले मात्र होइन नेपालको आम नागरिकहरु, सबै राजनीतिक दलहरु, नेपालको मिडिया र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत गरेको एउटा असाधारण अवस्था देखियो । र यो नै हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । यसले ठोस रुपमा केही छापहरु, केही सन्देशहरु नेपालभित्र, नेपाल बाहिर र बाँकी संसारलाई पनि दिएको छ, त्यो के हो भने आकारको हिसाबले नेपाल सानो मुलुक हो ।

हाम्रा छिमेकी मुलुकहरु चीन र भारतको तुलनामा भूगोलको हिसाबले, जनसंख्याको हिसाबले, आर्थिक प्रगति र क्षमताको हिसाबले पनि हामी वामे सर्दै छौं । तर चीन संसारको एउटा महाशक्ति राष्ट्र र त्यसको राष्ट्रपतिको नेपाल भ्रमण एउटा विश्वव्यापी सन्देश के थियो भने विश्वव्यापी सुख र समृद्धिका अभियानहरुमा हामी साथै रहन्छौं, मानव जातिका लागि पनि भन्ने सन्देश दिएको छ । त्यस हिसाबले पनि दुई देशको राजनीतिक नेतृत्वको बीचमा विश्वास र समझदारीको वातावरण बन्यो । उहाँले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गर्नुभयो र सरकारसँग त छँदै थियो । त्यस हिसाबले यो भ्रमण अत्यन्तै सार्थक र अतुलनीय रह्यो ।

आर्थिक विकासतर्फ लक्षित दिर्घकालिन साझेदारी तय भएको छ । जुन नेपाली जनताको आकांक्षा हो । जसमा खुलेर चिनियाँ राष्ट्रपति महामहिम सि जिङ्ग पिङ्गले नेपाललाई सहयोगको हात बढाउने घोषणा गर्नुभयो । जुन कुरा मिडियामार्फत नै आम नेपाली जनता र विश्वजगत्ले पनि थाहा पाइसकेको छ । खासगरी सम्माननीय प्रधानमन्त्रीले एउटा सपना देख्दै आउनुभएको थियो जुन नेपाल भूपरिवेष्ठितबाट भुजडित राष्ट्रको रुपमा लैजानेछु । त्यसको निम्ति चिनियाँ राष्ट्रपतिले हामीलाई हौसला प्रदान गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपतिले वीआरआई अन्र्तगत हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालहरुलाई विकास गर्ने कुरा र यसलाई अब हिमालय हिजो एउटा किल्ला जस्तो थियो अब हिजो त्यो बेलामा पनि नेपाली जनता र चिनियाँ जनताले पनि आफ्ना संस्कृतिमार्फत मानव पुल बनाएका थिए अब हामी भौतिक पुल बनाइरहेका छौं । साथै चीन र दक्षिण एसियासित समेत पुग्न सक्ने देखा परेको छ । त्यस हिसाबले हेर्ने हो भने सडक सञ्जाल, रेलवे, हवाई, सञ्चार, उर्जालगायत यी सबै कुराहरुले हाम्रो समृद्ध राष्ट्रहरुबाट छिमेकी मुलुकहरुले पाउनुपर्ने हिस्सा प्राप्त गरेको अनुभूति भएको छ । यद्यपि त्यसमा हामी नै निर्णायक र महत्वपूर्ण हुन्छौं जहिलेपनि ।

चीन हामीभन्दा शक्तिशाली र क्षमतावान् राष्ट्र हो । उसलाई हामीले अरु दिन सक्दैनौं । त्यसैले हामीले राष्ट्रपतिलाई भव्य स्वागत दियौं । मन मनबाट सम्मान दियौं जसबाट चिनियाँ राष्ट्रपतिले हामीलाई धन्यवाद ज्ञापन गर्नुभएको कुरा पनि हामीले मिडियामार्फत नै थाहा पाएका छौं । उहाँको त्यो धन्यवाद ज्ञापन सरकारले पनि पाएको छ । एउटा सम्भावनाको अथाहा ढोका खुल्यो । यसबाट अब हिजोको सपनाहरु आज योजनामा बदलिएका छन् । यी योजनाहरु अब कार्यान्वयनको तहमा क्रमस जाँदैछ । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, यसका उत्पादन क्षमता र सामाजिक र आर्थिक रुपान्तरणमा यसले अगाडि बढाउनेछ, थप उत्साहित बनाउनेछ । यस हिसाबले यो एउटा धेरै नै महत्वपूर्ण उपलब्धी हो ।

सँधै नकरात्मक टिका टिप्पणी गर्नेहरुतर्फ नेपाल राष्ट्र र नेपाली जनता गएको छैन । यसलाई हामीले नयाँ स्तरको उचाईको सम्बन्ध कायम गरेका छौं । यो भ्रमणले स्वाभाविक रुपमा पर्यटनमा, उर्जामा, सञ्चारमा, व्यापारमा, यातयातमा, संस्कृतिलगायत सम्पूर्ण चिजमा चमत्कारिक प्रभावहरु देखा पर्दै जानेछन् । यो भ्रमणले दुवै देशको हात कसिलोसित मिलेको छ । हामी कोही पनि हारेका छैनौं । दुवै राष्ट्रले जितेका छौं । दुवै देशका समान चासो र उदेश्यहरु एकरुपताका साथ अघि बढ्ने कुरा भएको छ । त्यस हिसाबले हेर्दा हामीले गरिबी र पछ्यौटेपनबाट अघि बढ्न चाहेको र चीनको आर्थिक विकास र सहयोगी मन रहेकाले हामीपनि बाँकी दुनियाँसँग सँगसँगै हुनेछौं भन्ने विश्वास पनि दिएको छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राज्यसत्ताको नेतृत्व गरेपछि एउटा निर्णय गरेको थियो । हामी र हाम्रो बैदेशिक सम्बन्धलाई त्यसको कडीको रुपमा यो भ्रमण रहेको छ । हामीले विकास र समृद्धिमा सँगै हिड्नका लागि साझेदारीका कुरा गरेका छौं । र यसले पछिसम्ममा विकासको ठुलो फड्को मार्नेछ । त्यसमा हामीले एउटा सफलता हाँसिल गर्नेछौं । चिनियाँ राष्ट्रपति सीको राष्ट्रिय रुपमै गरिएको हार्दिक स्वागत, हार्दिक सम्मान र सुरक्षा प्रबन्धहरु, जनताले दर्शाएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा कुनै पनि अवरोध नहोस् भन्ने सरकारको चाहनालाई जनता स्वयम्ले साथ दिएको कुराले हामीलाई थप सहयोग पु¥याएको छ ।

आगामी दिनमा पनि मित्रराष्ट्रहरुसँग यस प्रकारका सम्बन्धहरु गहिराईमा पु¥याउन सक्छौं भन्ने छ । यो भ्रमण विश्वासका तहमा असाधारण मान्न सकिन्छ ।म्रा राष्ट्रिय आकांक्षाहरुलाई अगाडि बढाउने क्रममा असाधारण उत्साह र समर्थन छ । यो भ्रमण अतुलनीय रह्यो । सगरमाथाकै उचाई र समुन्द्र जत्तिकै गहिराईको सम्बन्ध स्थापित भएको छ ।

त्यसले हामी सबै खुसी छौं । सरकार खुसी छ, आम नागरिकहरु खुसी छन् र चीन पनि खुसी भएको कुरा स्वयम् महामहिम राष्ट्रपति ज्युले व्यक्त गर्नुभएका मिडिया मार्फत र हामीलाई पठाइएका सन्देशहरुले पनि स्पष्ट गरेका छन् । त्यसैले भ्रमणका प्रभावहरु क्रमश देखा पर्दै जानेछ र त्यसले अवश्य नै विकास, समृद्धि, सामाजिक न्याय, आर्थिक, सामाजिक रुपान्तरणमा काँचुली फेर्ने गरि अगाडि बढ्नेछ त्यसैले आजको भोली के भयो भन्ने होइन सम्बन्धले अन्तर्राष्ट्रिय रुपमा इज्जत, सम्मान, प्रतिष्ठा पनि महामहिम राष्ट्रपति सी जिङ्गपिङ्गको भ्रमणले संसारसामू हामीलाई एउटा नयाँ विन्दुमा पु¥याएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार २१:१९